Section 11
दलको काम कारबाहीमा रोक लगाउन सकिने
(१) कुनै दलले संविधानको धारा १७ को उपधारा (२) को प्रतिबन्धात्मक वाक्यांश (३) बमोजिम काम, कारबाही गरेमा नेपाल सरकारले त्यस्तो काम कारबाही उपर रोक लगाउन आयोगमा लेखी पठाउनेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा आयोगले त्यस विषयमा तोकिए बमोजिम छानबिन गरी त्यस्तो काम, कारबाहीमा रोक लगाउनु पर्ने देखिएमा आयोगले निर्णय गरी त्यस्तो काम कारबाही
रोक्न सम्बन्धित दललाई आदेश दिई त्यसको जानकारी नेपाल सरकारलाई दिनेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको काम कारबाही प्रचलित कानून बमोजिम फौजदारी कसूर मानिने रहेछ भने त्यस्ता कसूर उपर कानून
बमोजिम कारबाही गर्न यस दफाले बाधा पुर्याउने छैन ।